खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

729

काठमाडौँ, २७ पौष । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती  गंगा लिम्बूको निधन भएको छ ।

५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए । उनीहरुको एक छोरा र एक छोरी छन् ।

गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आज बिहान १० बजे गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।
केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।

तपाईको बिचार