कांग्रेस कोसीबाट राष्ट्रियसभाको लागि ९ जनाको नाम सिफारिस

कांग्रेस कोसीबाट राष्ट्रियसभाको लागि ९ जनाको नाम सिफारिस

725

विराटनगर, १० पौष । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ ।

प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइराला , पूर्वसंघीय सांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस गरेको छ ।

राष्ट्रियसभामा रिक्त हुने पदको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ । बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ । बैठकले कांग्रेसको कोसी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ । सम्मेलनको मिति तय नभएपनि माघ अन्तिमसम्ममा गर्ने तयारी रहेको जानकारी दिए ।

तपाईको बिचार