उद्योगको लाइन काट्ने प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार हुनुपर्छ: मन्त्री महत

उद्योगको लाइन काट्ने प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार हुनुपर्छ: मन्त्री महत

661

काठमाडौँ, १० पौष । अर्थमन्त्री डा. प्रकाश शरण महतले समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको अप्रिय निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।

चितवनको एक कार्यक्रममा बोल्दै उनले उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए । विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।  उनले धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकूल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने बताए । अर्थमन्त्री महतले सरकारले अप्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनुपर्ने बताए ।

उनले भने, ‘जुनबेला साँच्चिकै डेडिकेटेड लाइन भनेर विशेष अवसर लोडसेडिङ हुँदा दिएको थियो । त्यो के हो, त्यसको निक्र्यौल गरेर मात्रै यसलाई साँच्चिकै तिर्नुपर्ने कति हो की होइन ? समग्रतामा अहिले समस्या नै भएको बेलामा, अलिकति सहज भइसकेपछि उनीहरूलाई धेरै दबाब पर्दैन । मलाई लाग्छ, साँच्चिकै दायित्व अब तिर्नुपर्ने जुन नियमका आधारमा छ भने त्यही हिसाबले हेर्ने हो तर समय यतिन्जेल हामी पर्खिसक्यौँ भने अलिकति अनुकूल समयमा त्यो पनि यथार्थ निक्र्यौलका आधारमा दिनैपर्ने दायित्व पूरा गर्नुपर्छ । त्यसमा फेरि पनि पुनःविचार होला । कानून, व्यवस्थाअनुसार तिर्नुपर्ने कुरा त तिर्नुपर्दैन भन्ने हुँदैन । तर कुन बेला सरकारले राहत दिने,अप्ठ्यारो बेलामा सरकारले राहत दिनुपर्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर