ओलम्पिक क्वालीफाईड छनोट प्रतियोगितामा अन्जनी तेलीको विजयी सुरूवात

ओलम्पिक क्वालीफाईड छनोट प्रतियोगितामा अन्जनी तेलीको विजयी सुरूवात

973

काठमाडौँ, २ पौष । आगामी २०२४ मार्चमा इंटलीमा हुने ओलम्पिक क्वालिफाईङ बक्सिङ प्रतियोगिताका लिग प्रारम्भिक छनौट खेलहरु आजबाट ललितपुरको सातदोबाटोमा शुरु भएका छन् । आज सम्पन्न भएको महिला तर्पको वैन्टम वैट ५४ किलो तौल समुहमा बक्समाण्डुका अन्जली तेलीले एपीएफका शर्मिला तामाङलाई ५:० को युनानिमस डिसिजनको आधारमा पराजित गरेका छन् ।

यस अघि भारतमा भएको वल्ड बक्सिङ्ग च्याम्पयिनशिपमा पनि तेलीले दुइवटा देशहरुमाथी जित हासिल गरी क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । पुरुषतर्फलाई वैट ५१ किलो तौल समुहमा एचटुओका रविन थापालाई आर्मीका शुसिल थापाले स्पिलट डिसिजन ३:२ को आधारमा पराजित गरे । सोही तौल समुहमा बक्समाण्डुका लक्ष्मण राईले रुपन्देहीका अमृत ठाडाराईलाई आरएससीको आधारमा तेस्रो राउण्डमा पराजित गरे । सोही तौल समुहमै रुकुमका अजय पुनमगरलाई नेपाल प्रहरीका चन्द्रबहादुर थापाले युनानिमस डिसिजन ५:० को आधारमा पराजित गरे त्यसैगरी सोही तौल समुहमै जेनेक्सका कमल थापामगरलाई अल्फाका विशेष बुढामगरले ५:० अंकको आधारमा विजय हासिल गरे ।

त्यसै गरी फेदर वैट ५७ किलो तौल समुहमा भाईव बक्सिङ् क्लबका निराजन मोक्तानले एपीएफका प्रदीप महर्जनलाई स्पिलट डिसिजन ३स्२ को आधारमा पराजित गरे । ७१ किलो तौल समुहमा भाइब बक्सिङ् क्लबका कुशल गुरुङ्गलाई भुपु बक्सिङ्ग कास्कीका निशान गुरुङ्गले ४स्१ अंकको आधारमा पराजित गरे । ७१ किलो तौल समुहमै नक्सालका अश्विन धिरन श्रेष्ठलाई नेपाल आर्मी का दान बहादुर दर्लामीले युनानिमस डिसिजन ५:० पराजित गरे ।

तपाईको बिचार