पेनाङ, २८ मंसिर । मलेसियाकाे पेनाङ शहरमा डिसेम्बर ११ देखि डिसेम्बर १५ सम्म सन्चालन भईरहेकाे ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाली मुक्केबाज प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा फाईनल प्रबेश गरेका छन् ।
५१ केजी ताैल समुहमा ईन्डाेनेशियन प्रतिद्वन्द्वी हसान बिन अजानलाई ५:० अंककाे आधारमा नेपाली मुक्केबाज प्रबल उप्रेतीले जित हासिल गर्दै फाईनल प्रबेश गरे भने ५७ केजी ताैल समुहमा सिङ्गापुरे प्रतिद्वन्द्वी अब्दुल वाफी बिन इड्रिसलाई थर्ड राउण्डमा आरएससी गर्दै फाईनलमा प्रबेश गरेकाछन् ।
नेपाली मुक्केबाज उप्रेतीले सिङ्गापुरे प्रतिद्वन्द्वी ड्यानी चाउ यिजीलाई ५:० अंककाे आधारमा पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका थिए । भने छिरिङ वाङदी शेर्पाले ईन्डाेनेशियन प्रतिद्वन्द्वी फकिह अन्दरा नाशुटेशनलाई ५:० अंककाे आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए ।
नेपाली मुक्केबाज सिंहवीर लिम्बू (५४ केजी) र शुलभ माली (६० केजी) यस अघि सेमिफाइनलमा सिमित भै काँस्य पदक पक्का गरेका छन् ।
मलेसियाको पेनाङमा डिसेम्बर ११-१५ सम्म सन्चालन हुने ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभिन्न १० राष्ट्रका २० वर्ष उमेरमुनिका १०० जना पुरुष मुक्केबाजहरुको सहभागितामा १३ वटा तौल समूहमा प्रतिस्पर्धा भईरहेकाे छ ।
तपाईको बिचार