ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की

ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की

863

ओस्लो, २८ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताएका छन् । उनले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताएका हुन् ।

“मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन मलाई एउटा कारण बताउनुहोस्”, जेलन्स्कीले ओर्बानसँगको कुराकानीका बारेमा ओस्लोमा पत्रकारहरूसँग भने, “मैले जवाफको प्रतीक्षा गरिरहेको छु ।” ओस्लोमा उनले पाँच नर्डिक नेताहरूसँग भेटवार्ता गरे ।

इयुका नेताहरू बिहीबारदेखि ब्रसेल्समा हुनुहुनेछ र युक्रेनका लागि इयुको समर्थनलाई नवीकरण गर्ने विषयमा छलफल गर्नेछन् । नेताहरूले युक्रेनलाई ५० अर्ब युरोको बृहत् आर्थिक प्याकेज र इयुको औपचारिक सदस्यता वार्ताका साथ छलफल गर्नेछन् ।

ओर्बानले दुवै विषयमा भिटो लगाउने धम्की दिएका छन् । रुसले किएभमाथि चौतर्फी आक्रमण सुरु गरेको करिब दुई वर्षपछि युक्रेन र उसको छिमेकी माल्दोभाले इयुको सदस्यता पाउने अपेक्षा गरेको शिखर सम्मेलनलाई उक्त भिटोले असफल बनाउने छ ।

तपाईको बिचार