अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत

771

काठमाडौँ, २७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सकारात्मक संकेत देखिएको बताएका हुन् । उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ ।

उनले भने, ‘चालू खातामा ५९ अर्ब बचत रहेको छ । बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत हो । तर यतिमा नै खुसी भएर बस्न नहुने बताउँदै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्नु पर्ने छ । यसबाहेक मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा समेत सुधार देखिएको छ ।’

तपाईको बिचार

सम्बन्धित खबर