नागरिक कुशासनबाट आजित छन् : महामन्त्री थापा

नागरिक कुशासनबाट आजित छन् : महामन्त्री थापा

157

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् ।

कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै उनले कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गरे ।  महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे ।

कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्? भनि थापाले आफ्नै दललाई प्रश्न गरे ।

‘नागरिक सबैभन्दा ठूलो आजित केही कुरालाई भएको छ भने कुशासनले भएको छ । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ,’ थापाले भने,‘केही समय अगाडीसम्म सुनकाण्ड थियो । शरणार्थी काण्ड थियो । अब एनसेल काण्ड आयो । ५/७, १०/१२ दिन सम्म सबैतिर यही काण्ड घुम्छ । यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ ।’

तपाईको बिचार