काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्दै सांसदसमेत रहेका थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग नभई यस्ता प्रकरण नहुने बताए । सरकारले एनसेल प्रकरण अध्ययन र छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेकोले उक्त समितिको कामकारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले पनि हेर्नुपर्ने बताए ।
‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ, त्यो रातारात अहिले भएको होइन । यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभइकन यी प्रकरण भएको छैन,’ थापाले भने, ‘यो गलत हो भन्ने कुरा लागेको भए सरकार सिधा कारबाहीमा जानुपर्थ्यो । यो प्रकरण ढाकछोप गर्न खोजे संसदीय समितिले त्यो प्रयत्नलाई तोड्नुपर्छ ।’
तपाईको बिचार