काठमाडौँ, २१ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् ।
प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ । ‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । सन्दीप विदेशी खेलाडीका रुपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् ।
तपाईको बिचार