सरकारलाई महेश बस्नेतको चेतावनीः वेलैमा हाम्रो कुरा सुनोस्, नत्र ठूलो मूल्य चुकाउनुपर्नेछ

सरकारलाई महेश बस्नेतको चेतावनीः वेलैमा हाम्रो कुरा सुनोस्, नत्र ठूलो मूल्य चुकाउनुपर्नेछ

777

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री मेहश बस्नेतले ३२ सिट ल्याएर प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डको सिंहदरवारको कुर्सी माइतिघरको मण्डलामा ल्याएर पछार्ने हिम्मत युवा विद्यार्थीमा रहेको चेतावनी दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँको तिनकुनेमा आयोजना गरेको सरकार विरुद्धको बृहत विरोध सभालाई सम्बोत्रन गर्दै नेता बस्नेतले सरकारको भ्रष्टाचार, अनियमितता, तस्करी, व्यवस्था विरोधी, अराजकता, चरम महँगी, अर्थतन्त्र ध्वस्तलगायतका असंख्य सरकारका जनघाती कदमहरु नसच्याए प्रधानमन्त्रीको कुर्सी ढालिदिने चेतावनी दिनुभएको हो । सरकारकै कमजोरीका कारण् व्यवस्था विरोधीहरुले टाउको उठाउन खोजेको भन्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले गणतन्त्र विरोधीहरु तथा थन्क्याइएको राजसंस्थालाई देशबाट नै निकाल्नुपर्ने अवस्था सिर्जना नगर्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आजको खबरदारीलाई कमजोरी ठाने सायद फागुनमा हामी काठमाडौँमा मानव सागर उतार्छौ । सातै प्रदेशमा आन्दोलनको आँधीवेरी ल्याउँछौं । उक्त आन्दोलनले सिंहदरवारमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी माइतिघर मण्डलामा ल्याएर पछार्छौ । जनता र राष्ट्रिय हितको लागि एमाले जस्तोसुकै परिस्थितीको समाना गर्न तयार छ । त्यसैले सरकारले वेलैमा हाम्रो कुरा सुनोस्, नत्र ठूलो मूल्य चुकाउनुपर्नेछ । म प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न चेतावनी दिन्छु, तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनुभयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ ।’

दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताउनुभयो । साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको उल्लेख गर्दै उहाँले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको धारणा राख्नुभयो । नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गर्नुभयो । , बस्नेतको भनाइ छ । प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै नेता बस्नेतले प्रसाईँमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गर्नुभयो । आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित भएको भन्दै उहाँले भोलिदेखि ठिक ठाउँमा बस्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन् । आज दुर्गा प्रसाईँले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो । आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ ।’

तपाईको बिचार