एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

719

काठमाडौँ, ६ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्दैछ ।

तपाईको बिचार

सम्बन्धित खबर