काठमाडौँ, २३ कार्तिक । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मङ्सिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।
दुबईमा आयोजना हुन लागेको १८ औँ दुबई एयर सो, २०२३ मा भाग लिन युएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युएई जाने कार्यक्रम तय भएको थियो ।
तपाईको बिचार