चीनले सहयोग गरेको सामग्री तत्काल पीडितसम्म पुराइनेछ : मन्त्री श्रेष्ठ

चीनले सहयोग गरेको सामग्री तत्काल पीडितसम्म पुराइनेछ : मन्त्री श्रेष्ठ

703

पोखरा, २२ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझेका छन् ।

आज पोखरा विमानस्थलमा राहत सामग्री बुझ्दै उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्‍याउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको सामग्री पनि तत्काल पीडितसम्म पुराइनेछ । ‘

चीनले उपलब्ध गराएको राहत सामग्री एपिएफको सुरक्षामा ट्रकबाट सम्बन्धित ठाउँमा पुर्‍याइने श्रेष्ठले जानकारी दिए । त्यसका लागि ट्रक तयारी अवस्थामा रहेको उनको भनाइ थियो ।

 

तपाईको बिचार