सभामुख घिमिरेद्वारा संसद् भवनको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन

सभामुख घिमिरेद्वारा संसद् भवनको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन

715

काठमाडौँ, २१ कार्तिक । सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद् भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज सहरी विकास मन्त्रालयले संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरूको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसद्को मुख्य दुईवटा भवनहरू दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरू दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरेका हुन् ।  “सबै भवनहरूको निर्माण सम्पन्न नभएपनि दुईवटा बैठक कक्षको भने प्राविधिक रूपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध छ,” सभामुख घिमिरेले भने ।

तपाईको बिचार