काठमाडौँ, १३ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार रहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको बिचार