संसद् दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर अघि बढेको छ : अध्यक्ष तिमिल्सिना

संसद् दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर अघि बढेको छ : अध्यक्ष तिमिल्सिना

755

काठमाडौँ, ९ कार्तिक । राष्ट्रियय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् ।

अंगोलाको लुवान्डामा आयोजित अन्तर व्यवस्थापपिका संघ(आइपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परिक्षण हुँदै आएको बताए ।  नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्ले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि सरकारलाई निरन्तर दिशानिर्देश गरिरहेको पनि बताए ।

‘दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयहरूमा संसद्ले सरकारलाई निरन्तर खबरदारी गरेको छ,’ उनले भने, ‘संघीय संसद्का दुई सदनमध्येको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ । यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्ययोजनाका अवस्थाबारे तीनवटै तहका सरकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दै आएको छ ।’

अध्यक्ष तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोगको आलोचना गरेका थिए । उनले मानव जातिले शान्ति र न्यायको लागि नभई शक्ति प्राप्तिको लागि मानवजातिकै संहार हुने गरी सैन्य, सामरीक र आणविक अस्त्रमा सबैभन्दा धेरै खर्च गर्नु सही नभएको धारणा राखेका थिए ।

तपाईको बिचार