काठमाडौँ, १ कार्तिक । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्यो ।
यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए । कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे ।
तपाईको बिचार