चौतारीद्वारा पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा तालाबन्दी

चौतारीद्वारा पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा तालाबन्दी

767

मकवानपुर, २७ असोज । सदस्यता शुद्धीकरण मापदण्ड अनुसार नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले सदस्यता शुद्धीकरण मापदण्ड विपरीत भएको भन्दै शनिबार हेटौँडा–११ स्थित महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार सार्वजनिक गरेको प्रदेश समितिको सदस्यता सिफारिस सूची प्रति प्रेस चौतारीले विरोध जनाउँदै तालाबन्दी गरेको हो ।  सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले जानकारी दिए ।

प्रेस चौतारी केन्द्रीय सदस्य हरि हुमागाईँ, बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको हो । प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको रहेको भन्दै प्रदेश समितिको उक्त कार्य सच्याउन माग गरिएको छ ।

महासंघमा नेतृत्वमा रहनेहरू र पदाधिकारीहरूले आफ्नो संगठन निकट निष्क्रिय पत्रकारहरूको सदस्यता नवीकरण गर्ने र प्रेस चौतारीमा आस्था राख्ने क्रियाशील पत्रकारहरूको सदस्यता नवीकरण नगर्ने गरी विभेदकारी ढङ्गबाट सदस्यता शुद्धीकरण भन्दै नामावली सिफारिस गरिएको बताइएको छ । महासंघ प्रदेश समितिले खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्क्रिय पत्रकारहरूको नवीकरण गन कार्य प्रति चौतारीलाई स्वीकार्य नहुने उनले बताए । महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने भनाई छ ।

तपाईको बिचार

सम्बन्धित खबर