काठमाडौँ, २७ असोज । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहबिच अध्यक्ष डा.दत्तले आयोगको पाँचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षमा आयोगमा प्राप्त उजुरीहरू मध्ये ९०.८ प्रतिशत उजुरीमाथि आयोगले कारबाहीको लागि सिफारिस गरेको जनाएको छ । सो प्रतिवेदन मार्फत आयोगको नामको अगाडी ‘राष्ट्रिय’ शब्द थपेर राष्ट्रिय मधेसी आयोग राख्न आयोगले सिफारिस गरेको छ ।
आयोगले गाई-माइ को सुरक्षामा सरकारलाई गम्भीर हुन, भ्रूण हत्याको अन्त्य गर्न, सामुदायिक विद्यालयका शिक्षकहरूलाई जिम्मेवार बनाउन, तराई-मधेस क्षेत्रमा आर्थिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रको विकासको लागि आवश्यक रणनीति बनाउन, बाल सुधार गृहमा थप सुधारका कार्यक्रमहरू ल्याउन जस्ता महत्त्वपूर्ण सिफारिसहरू गरेको छ ।
तपाईको बिचार