यात्रुबहाक गाडीमा रुट परमिट खुला

यात्रुबहाक गाडीमा रुट परमिट खुला

89

काठमाडौँ, २७ असोज । बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला भएको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक गाडी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

यो अवधिभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला गाडी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ ।

तपाईको बिचार