काठमाडौँ, २५ असोज । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।
प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको गृह मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए । जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
तपाईको बिचार