सेसेनको ११औं कार्यकारी समिति चयनः महासचिवमा डा. पराजुली

सेसेनको ११औं कार्यकारी समिति चयनः महासचिवमा डा. पराजुली

1137

काठमाडौँ, २२ असोज । सोसाइटी अफ इलेक्ट्रोनिकस एण्ड कम्युनिकेशन ईन्जिनियर्स नेपाल (सेसेन)को सर्वसम्मत रुपमा ११औं नयाँ कार्यकारी समिति चयन गरिएको छ ।

सेसेनको एक विशेष कार्यक्रम आयोजना गरी ई. राजेश जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ई. मनेसलाल चुके, महासचिवमा डा. ई. शालिग्राम पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासचिव पराजुली बिगतमा देशभरको अप्टिकल ट्रान्समिसन नेटवर्क बिस्तार आयोजना संचालनमा उत्कृस्ट नतिजा निकाल्न सफल व्यक्तित्व हुनुहुन्छ । उहाँ हाल नेपाल टेलिकम केन्द्रीय कार्यालय, प्रमुख सञ्चालन अधिकृतको कार्यालय अन्तर्गत नेटवर्क तथा प्रदेश समन्वय विभाग प्रमुखको रुपमा कार्यरत प्रबन्धक हुनुहुन्छ । प्रभावशाली युवा नेतृत्व, आम सूचना प्रविधिकर्मी र युवाहरु माझ अत्यन्त लोकप्रीय, पेशागत दक्षता, कुशल ब्यवस्थापक, अत्याधुनिक प्रविधि क्लाउड कम्प्युटिंग मार्फत सुशासन कायम गर्ने सम्बन्धि विषयमा विद्यावारिधी गर्नु भएका कुशल इञ्जिनिएरका रुपमा उहाँ परिचित हुनुहुन्छ । समाजका अध्यक्ष TTRC का निर्देशक ई जोशीसहितको जुझारु टिमको यस कार्यकालमा समाजले गुणस्तरीय कार्यक्रम र संगठन बिस्तार लगायतका कामहरुमा फड्को मार्ने विश्वास गरिएको छ ।

त्यस्तै उपमहासचिवमा डा. ई. सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा ई. कृष्णप्रसाद भण्डारी चयन हुनुभएको छ । सदस्यहरुमा ई. विनममान श्रेष्ठ, ई. सुमन रञ्जितकार, ई. सञ्जिाव सिंह कठायत, ई. सुरेन्द्रमान श्रेष्ठ, ई. सरोजमान सिंह प्रधान र ई. उदयकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर