बझाङमा भूकम्पबाट क्षति भएका घर प्रदेश सरकारले बनाइदिने मुख्यमन्त्री शाहको घोषणा

बझाङमा भूकम्पबाट क्षति भएका घर प्रदेश सरकारले बनाइदिने मुख्यमन्त्री शाहको घोषणा

809

धनगढी, १९ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् ।

बझाङ जिल्लास्थित भूूकम्प प्रभावित वस्तीहरुको स्थगलगत अनुगमन गरेका मुख्यमन्त्री शाहले प्रभावितहरुको घर बनाइदिने आश्वासन दिएका हुन् ।

बिहीबार नै बझाङ पुगेका मुख्यमन्त्री शाहले आज प्रभावितहरुको बस्तीको अनुगमनको क्रममा स्थानीय प्रभावितहरुसँग छलफल गर्दै घर बनाइदिने घोषणा गरेको अनुगमन टोलीका सदस्य समेत रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर