काठमाडौँ, १८ असोज । विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसम्मतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वम्मतिले पास भएको घोषणा गरे ।
विधायन सम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए । उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटेर विधायन सम्बन्धी विधेयक, २०८० तयार पारेको बताए ।
तपाईको बिचार