हिन्दु–मुस्लिम विवाद : नेपालगञ्जमा कर्फ्यू आदेश जारी

हिन्दु–मुस्लिम विवाद : नेपालगञ्जमा कर्फ्यू आदेश जारी

747

काठमाडौँ, १६ असोज । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आज  दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।

नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्‍याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरिएको कार्यालयले जानकारी दिएको छ ।

384535260_1161517717947168_1095420071296762239_n

तपाईको बिचार