सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग : सभामुख घिमिरे

सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग : सभामुख घिमिरे

736

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

आज सूचनाको हकका लागि राष्ट्रिय महासंघले काठमाडौँमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायी बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिए ।

संविधानले व्यवस्था गरेको कुराहरुलाई कानुनी रुप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानुनमा रहेका व्यवस्थालाई पनि सदुपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर