मुटु दिवसको चेतना जगाउँन मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुँदै

मुटु दिवसको चेतना जगाउँन मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुँदै

754

भक्तपुर, १० असोज । भक्तपुरको मध्यपुर थिमिमा शनिवार बिहान सम्पदा पदयात्राको आयोजना गरिने भएको छ । थिमिका सांस्कृतिक सम्पदाको प्रचार प्रसार गरि आन्तरिक र बाह्यि पर्यटक बढाउने उदेश्यले लाइन्स क्लवले सो कार्यक्रमको आयोजना गरेका हुन् ।

जिल्लाभित्र रहेका विभिन्न पाँच लायन्स क्लबले विश्व मुटु दिवसको अवसर पारेर सम्पदा पदयात्रा आयोजना गर्ने भएका हुन् । कार्यक्रम आयोजक समितिका संयोजक उद्वव सिलवालका अनुसार, मुटुको प्रयोग गर्नुहोस् मुटुको बारेमा थाहा पाउनुहोस् भन्ने नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । चार घण्टा चल्ने सम्पदा यात्राका क्रममा मध्यपुर थिमि नगर क्षेत्र भित्रका विभिन्न सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक महत्वका सम्पदाको अवलोकन गरिने सिलवालको भनाइ छ ।

लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकण्ठेश्वरले पदयात्राको आयोजना गरेका हुन् । सम्पदा पदयात्रा शनिवार बिहान ७ बजे मध्यपुर थिमिको शंखधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाखेल, पाटी विहार, सिद्धि काली मन्दिर पुग्नेछ ।

यात्राका क्रममा सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, तिगनी, बोडे, कमलपोखरी हुँदै ११ बजे बोडेको बालकुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रम गरिने प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थ भट्टले बताए । तीन सय ५० बढीको सहभागिता रहने पदयात्राका क्रममा सम्पदा अवलोकन सँगै सम्बन्धित सम्पदाविद्बाट सम्पदाको जानकारी, सांस्कृतिक झाँकी, नृत्य र नेवारी सुकुल भोजको व्यवस्था गरिएको लायन्स क्लवका डिस्टिक्ट गभर्नर शम्भु थापाले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर