सहमति नभए प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

सहमति नभए प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

767

काठमाडौँ, ८ असोज । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व सकभर सहमतिबाटै चयन गर्नुपर्ने बताएकी छन् ।

आज प्रदेश कमिटीको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले पहिलो प्राथमिकता सहमति भएपनि त्यसमा असफल भए लोकतान्त्रिक विधिमार्फत प्रतिस्पर्धाबाट योग्य र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘यो अधिवेशनबाट नयाँ नेतृत्व निर्माणको कुरा गर्दा पहिलो सहमति नै हो’, उपाध्यक्ष शाक्यले भनिन्, ‘सहमति भएन भने लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर