नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

743

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)का सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।

उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जली दिँदै तथा परिवारमा समवेदना व्‍यक्त गरेको हो।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएको सांसद दीपा शर्माले जानकारी दिइन्। समवेदना दिन एमालेका सबै सांसद पुगेका थिए। नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो।

तपाईको बिचार

सम्बन्धित खबर