सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: उपहासचिव पुन

सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ: उपहासचिव पुन

735

काठमाडौँ, १६ भदौ । नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन ‘अनन्त’ ले देशमा अहिले जनताको सरकार रहेको बताएका छन् ।

गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ को शनिबार उद्घाटन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए । देशमा पहिलोपटक सरकारले पनि जनताको पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो । सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शुद्धीकरणका लागि थालिएको पुनले उल्लेख गरे ।

पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरूमा वैध/अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हावी भएको बताए । पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए । राष्ट्रिय र आत्मनिर्धर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभिायान पनि भएको पुनले बताए ।

उनले भने, ‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध/अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ। उत्पादन, श्रम वा उद्यम/व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ। बिचौलिया धन्दा र प्रवृत्ति समाजमा हुर्कंदै गएको छ । पार्टीहरू, राज्य संयन्त्र र समग्र समाजको शुद्धीकरणलाई सरकारले प्राथमितामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ ।’

तपाईको बिचार

सम्बन्धित खबर