'जनतासँग माओवादी विशेष रूपान्तरण' अभियान सुरु हुँदै

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु हुँदै

759

काठमाडौँ, १६ भदौ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु हुँदैछ ।   २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो ।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट गर्ने  छन्  ।  प्रधानमन्त्री  प्रचण्डले  बिहान  ९  बजे  प्रधानमन्त्रीको  सरकारी  निवास  बालुवाटारबाट उद्घाटन गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । उद्घाटनपछि दिउँसो १ बजे चन्द्रागिरि–२,  घट्टेडाँडा  पार्कमा  हुने  कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड  सहभागी हुने छन् ।

सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन बताइएको छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर