कांग्रेसको रूपान्तरण अभियानका अगुवाले भेटे प्रधानमन्त्री

कांग्रेसको रूपान्तरण अभियानका अगुवाले भेटे प्रधानमन्त्री

702

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेस रूपान्तरण अभियानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर रूपान्तरण अभियानका अगुवाहरूले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीलाई भेटेर देशमा सुशासन कायम गर्न र भ्रष्टाचार काण्डमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गरेको नेता भुपेन्द्रजंग शाहीले बताए । ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । कसैलाई उन्मुक्ति दिन नहुने  शाहीले बताए ।

यस्तै नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर