काठमाडौँ, ८ भदौ । मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली टोली पराजित भएको छ । घरेलु टोली मलेसियाले शुक्रबार नेपाललाई ६ विकेटले हराएको हो ।
तेस्रो खेलमा पराजित भए पनि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि नेपाल आफ्नो पहिलो र दोस्रो खेलमा विजयी भएको थियो । नेपालले पहिलो खेलमा गत मंगलबार हङ्कङलाई ६ विकेटले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको थियो । नेपाललाई हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन । प्रतियोगिताको फाइनलमा नेपालले हङ्कङको सामना गर्नेछ ।
यो शृंखला सकिएपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।
तपाईको बिचार