काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने बताएका छन् ।
पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए ।
पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने उनको भनाइ छ । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए । केही भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’ हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।
कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए ।
तपाईको बिचार