कांग्रेसको आकस्मिक बैठक, भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

कांग्रेसको आकस्मिक बैठक, भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

1210

काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको हो ।

कांग्रेस कार्कीको सम्मानका लागि भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने छ । कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने छ ।

तपाईको बिचार

सम्बन्धित खबर