काठमाडौँ, २ भदौ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि र नागरिकलाई सम्पन्न बनाउनु भएको बताउनुभएको छ ।
शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर–३ (२) को प्रदेश सम्मेलनमा उहाँले संगठित रूपमा लागेर भ्रमपूर्ण र झुटा कुराको प्रचार गरेर सत्यलाई असत्य साबित गराउने खतरा विद्यमान रहेको उहाँले औंल्याउनुभयो । सरकारले गरेका सही कुराको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ । नयाँ पार्टीहरूले गरेका साना कुराको धेरै प्रचार हुने र कांग्रेसले गरेका धेरै महत्वपूर्ण कामको प्रचार हुन नसकेको उहाँको गुनासो छ ।
तपाईको बिचार