एमालेको अवरोधपछि संसद् बैठक स्थगित

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

791

काठमाडौँ, २६ साउन । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् ।

आज बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए ।

साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् । सांसद साहले होहल्लाका बीच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

तपाईको बिचार

सम्बन्धित खबर