महेश बस्नेतको पहलः ‘सुकुम्बासी बस्तीमा थप क्षती हुनबाट जोगियो’

महेश बस्नेतको पहलः ‘सुकुम्बासी बस्तीमा थप क्षती हुनबाट जोगियो’

797

भक्तपुर, २५ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्षातको डुबाटनबाट थप क्षती हन नदिने डुबान क्षेत्रमा तत्काल स्काभेटरको व्यवस्था गरी समस्या समाधान गर्न विशेष भूमिका निर्वाह गर्नुभएको छ ।

केही दिन अघिदेखीको अविरल वर्षाका कारण जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा स्थितीत सुकुम्बासी बस्तीमा वर्षायामको पानी पसी डुबानमा परेको थियो । केही दिन अघिदेखि निरन्तर परेको पानी वस्तीमा पसेको थियो । मनोहरामा आएको बाढी वस्तीमा प्रवेश गरेपछि उक्त स्थानका सवै घरपरिवार जोखिममा परेका थिए । वस्तीमा बाढी पसेपछि त्यहाँका स्थानीय तह, प्रदेश तथा संघीय जनप्रतिनिधिलाई स्थानीयवासीले जानकारी गराउँदा कुनै समस्याका साधान नदिएपछि स्थानीयलले नेता बस्नेतलाई रातीनै जानकारी गराएका थिए ।

नेता बस्नेतले बस्ती डुवानका परेको दुखद् घटनाको जानकारी पाउन साथ तत्काल समस्या समाधान गर्ने उद्देश्यका साथ सोही समय (राती) नै उपर्युक्त विकल्पको व्यवस्था गर्नुभयो । डुवान क्षेत्रमा स्काभेटरको व्यवस्था डुबानबाट थप क्षती हुनबाट रोक्नुभएको छ । स्काभेटरको प्रायेग गरी बाढीलाई बस्तीाट हटाउने कार्य गरिएको थियो । ‘समस्या आएपछि समाधान तत्काल गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जनताको समस्या नै मेरो समस्या हो’, नेता बस्नेतले भन्नुभयो, ‘अविरल वर्षाका कारण सुकुम्वासी वस्ती डुबानमा पर्यो । तत्काल डुबानको समस्या सामाधानको बाटो नअपनाएको भए थप अप्रीय घटना हुन सक्ने जोखिम बनेको थियो । तर मैले तत्कालै स्काभेटर तथा अन्य आवश्यक जनशक्तिको व्यवस्था गरी बाढीलाई बस्तीबाट हटाउनेका कार्य भयो । जसले गर्दा थप क्षती हुनबाट सुकुम्वासी बस्ती जोगिएको छ ।’

समस्या समाधान भएपछि खुसी व्यक्त गर्दै स्थानीयवासीले खुसी व्यक्त गर्दै नेता बस्नेतलाई विशेष धन्यवाद दिएका छन् । उनले भने, ‘अस्ति राति परेको अविरल बर्षातका कारण मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा सुकुम्बासी बस्तीमा बाढी छिरेर पुरै क्षेत्र डुवानमा परेकोले स्थानीय वस्तीवासीहरूले राति फोन गरेर सहयोगका लागि अनुरोध गरे पश्चात् महेश बस्नेतज्यूले तत्काल राति नै स्काभेटर पठाउदै उक्त बस्तीमा थप धनजनको क्षति हुनबाट रोकथाम गर्दिनु भएकोमा सम्पूर्ण बस्तीका तर्फबाट सदैव सुख-दुःखको सारथी महेश बस्नेत प्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।’

अर्का एक पीडित स्थानीयवासीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘भक्तपुरका कांग्रेसी जनप्रतिनिधि तथा संघीय सांसद नाम अनुसारकै दुर्लभ भए । जनताले संसद र जिल्लामा खोजि गर्न पत्रपत्रिकामा तथा सामाजिक सञ्जालमा सार्वजनिक सूचना जारी गर्नुपर्ने भयो । जनप्रतिनिधिसहरु जनताको दुःखमा आनन्द मानेर बसेका छन् ।’

तपाईको बिचार

सम्बन्धित खबर