नेविसंघ असन्तुष्ट पक्षले देउवाको घर घेर्ने

नेविसंघ असन्तुष्ट पक्षले देउवाको घर घेर्ने

797

काठमाडौँ, २४ साउन । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् ।

नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् । समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई मनोनित गरेपछि मनोनयनमा नपर्नेहरुले विरोध गरिरहेका हुन् ।

नेविसंघका नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा जान हामीलाई नदिएपछि त कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, भोलि शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’

केन्द्रीय कार्यसमितिमा परेका एक विद्यार्थी नेताका अनुसार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने योगेन्द्र रावल, दिपक ओझा, रुपेश शाह मनोनित कार्यसमितिमा नपरेपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुमाथि उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेको छ । उनीहरुलाई मनोनित गर्दा नेविसंघ मात्रै नभएर सिंगो पार्टी नै विवादित हुने भएपछि नेतृत्वले उनीहरुलाई मनोनित नगरेको हुन सक्ने ती विद्यार्थी नेताले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर