काठमाडौँ, २२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि नेपाल नियोगको राजदूत/स्थायी प्रतिनिधि नियुक्त गरेका छन् ।
राष्ट्रपतिले सोमबार नै दक्षिण अफ्रिकाका लागि नेपाली आवासीय राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
यस्तै, चीनका लागि नेपाली आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक गणतन्त्र कोरिया लागि र ब्राजिलका लागि आवासीय राजदूत निर्मलराज काफ्लेलाई पराग्वेका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

तपाईको बिचार