काठमाडौँ, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीनवटा संसदीय समितिको सभापति पाउने भएको छ ।
सभामुखसहित तीन दलका शीर्ष नेताको बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले लेखासहित तीनवटा समिति सभापति पाउने सहमति जुटेको बताए । उनका अनुसार एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यको निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको नेतृत्व पाउनेछ ।
तपाईको बिचार