गृह मन्त्रालयले अछाममा र जाजरकोटमा प्रजिअ पठायो

गृह मन्त्रालयले अछाममा र जाजरकोटमा प्रजिअ पठायो

705

काठमाडौँ, २२ साउन । गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ ।

अछाममा शरद कुमार पोखरेल र जाजरकोटमा सुरेश सुनारलाई प्रजिअ बनाइएको हो । पोखरेल पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङमा र सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।

अछाममा यसअघि शिवराम न्यौपाने प्रजिअ थिए । उनले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको ठाउँमा मोरङका सहायक प्रजिअ पोखरेललाई पठाइएको गृह मन्त्रालय स्रोतले बतायो । जाजरकोटमा यसअघि प्रजिअ रहेका सहसचिव रामकुमार महतोको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि पद रिक्त थियो । साउन ८ गतेसम्म महतो जाजरकोटको प्रजिअ थिए । महतोको मन्त्रालयमा सरुवा भएकाले उनको ठाउँमा सुनारलाई पठाइएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर