एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

715
sf7df8f}F, @! c;f/ . /fli6«o ;efsf] laxLaf/sf] a}7sdf k|d’v k|ltkIfL bn g]skf Pdfn]sf ;b:ox¿ a}7s ;’¿ x’gf;fy cf–cfˆgf 7fpFdf pleP/ la/f]w ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ, २२ साउन । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् । रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताइन् ।

अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरे ।

 

तपाईको बिचार

सम्बन्धित खबर