रास्वपाले राजनीतिक दस्तावेजका लागि ५१ ठाउँमा सुझाव संकलन गर्ने

रास्वपाले राजनीतिक दस्तावेजका लागि ५१ ठाउँमा सुझाव संकलन गर्ने

794

काठमाडौँ, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव संकलन गर्ने भएको छ ।

 हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरि नागरिककहाँ पुगेर दस्तावेजका लागि सुझाव संकलन गरिने भएको छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव संकलन गर्ने भएका छन् । कुन कुन स्थानमा पुग्ने र कहिलेबाट सुझाव संकलन गरिने निक्र्यौल भने भइसकेको छैन ।

महामन्त्री मुकुल ढकालका अनुुसार भौगोलक र समुदाय फरक पर्ने गरि ५१ स्थानबाट सुझाव संकलन गरिने भएको छ । सुझाव संकलनका क्रममा स्थानीयबासिन्दासँग अन्तक्रिया समेत गरिने रास्वपाले जनाएको छ ।

सुझाव संकलन गरिने स्थान छनोट गर्दा एउटै जिल्लाका दुई ठाउँ नहुने गरि ५१ गाउँ चयन गर्ने तयारी गरिएको छ । भौगोलिक र समुदायमा विविधता हुने गरि ठाउँ निश्चित गर्ने जिम्मेवारी दस्तावेज तयारी समितिका सदस्य मनिष झालाई जिम्मेवारी दिइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर