प्रधानमन्त्रीको चीन भ्रमण सेम्टेम्बर तेस्रो वा चौथो हप्तामा : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमण सेम्टेम्बर तेस्रो वा चौथो हप्तामा : परराष्ट्रमन्त्री

724

काठमाडौँ, २१ साउन । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको बताएका छन् ।

आज कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए ।

उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए । परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडि बढाइएको पनि उनले बताए । उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए ।

तपाईको बिचार

सम्बन्धित खबर