ब्लु बसमा पनि कुनै समस्या छैन : सभापति लामिछाने

ब्लु बसमा पनि कुनै समस्या छैन : सभापति लामिछाने

714

काठमाडौँ, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ब्लु बसमा पनि कुनै समस्या नभएको दाबी गरेका छन् ।

मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् ।

‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा  बा आमाको सेवामा हुनेछ,’ उनले लेखेका छन् । ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै २ वटा मोबाइल क्लिनिक सेवा सञ्चालनमा ल्याउने उनले बताए ।

ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ । लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । ‘मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक र ….हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं,’ उनले भनेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर