एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

801

काठमाडौँ, २१ साउन । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले बताए।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए। एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसमध्ये नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडेर गइसकेका छन्।

 

तपाईको बिचार

सम्बन्धित खबर