कांग्रेसले सुरू गर्‍यो आन्तरिक अभियान

कांग्रेसले सुरू गर्‍यो आन्तरिक अभियान

791

काठमाडौँ, २० साउन । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिबारदेखि सुरू भएको आन्तरिक अभियान १० दिन चल्नेछ । साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ ।

उनीहरूले संगठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला समितिहरूसँग छलफल गरेर आवश्यक रणनीतिसमेत तय गर्नेछन् । आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म `समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान´ सञ्चालन हुने महामन्त्री शर्माले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर