काठमाडौँ, २० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ ।
सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् । मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् । यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
तपाईको बिचार